दुधको मुल्य बढ्यो, प्रतिलिटर ८५ रुपैयाँ निर्धारण • Nepal's Trusted Digital Newspaperदुधको मुल्य बढ्यो, प्रतिलिटर ८५ रुपैयाँ निर्धारण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दुधको मुल्य बढ्यो, प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

दुधको मुल्य बढ्यो, प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

  • समाचारपाटी
  • बिहिबार, माघ २७, २०७८
दुधको मुल्य बढ्यो, प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

काठमाण्डौ । दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य बढाएको छ ।

सरकारको स्वामित्वमा रहेको डिडिसी सञ्चालक समितिको बैठकले प्रतिलिटर नौ रुपैयाँ बढाएर दुधको मुल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गरेको छ ।

यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका