राप्रपाको पदाधिकारी बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaperराप्रपाको पदाधिकारी बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपाको पदाधिकारी बैठक आज बस्दै

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

  • समाचारपाटी
  • बिहिबार, माघ २७, २०७८
राप्रपाको पदाधिकारी बैठक आज बस्दै

काठ्माण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ ।

पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक बस्न लागेको हो । धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने बैठकमा देशभर सङ्गठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका