ए डिभिजन लिगको १०औं चरणको खेल माघ २८ देखि गर्ने • Nepal's Trusted Digital Newspaperए डिभिजन लिगको १०औं चरणको खेल माघ २८ देखि गर्ने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ए डिभिजन लिगको १०औं चरणको खेल माघ २८ देखि गर्ने

ए डिभिजन लिगको १०औं चरणको खेल माघ २८ देखि गर्ने

  • समाचारपाटी
  • बुधबार, माघ २६, २०७८
ए डिभिजन लिगको १०औं चरणको खेल माघ २८ देखि गर्ने

काठमाडौं, २६ माघ। अलिख नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेल यही माघ २८ गतेदेखि गर्ने भएको छ ।

माघ २ गते नवौं चरणका खेलहरु (नेपाल पुलिस र च्यासल बाहेक)को खेलपछि ब्रेक गरेको लिग एन्फाले फेरि सुरु गर्न लागेको हो । एन्फाले मंगलबारदेखि १०औं चरणका खेलहरु गर्ने गरी बाँकी रहेको चार चरणको खेलतालिका सार्वजनिक गरेको हाे ।

त्यसअघि माघ २६ गते बिहीबार नेपाल पुलिस र च्यासलबीचको यसअघि स्थगित भएको खेल हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार १०औं र ११औं चरणको खेल खेल तीन दिनमै सकिनेछ । जसमा दुई दिन दुई-दुई खेल हुनेछ भने एक दिन तीन खेल खेलाइनेछ । तीन खेल हुने दिन सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि खेल हुनेछ भने अरु खेल दशरथ रंगशालमै हुनेछ ।

सार्वजनिक खेलतालिका अनुसार १०औं चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ । ११ औं चरणको खेल फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने १२औँ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ । १२औं चरणको खेल चार दिन सञ्चालन हुनेछ । यस्तै एन्फाले १३औं चरणको खेल फागुन १२ देखि १४ गतेसम्म गर्ने जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका