बैतडीमा सौताको हत्या • Nepal's Trusted Digital Newspaperबैतडीमा सौताको हत्या • Nepal's Trusted Digital Newspaper

बैतडीमा सौताको हत्या

  • समाचारपाटी
  • बुधबार, माघ २६, २०७८
बैतडीमा सौताको हत्या

हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । १८ माघमा चन्द्रा घर नजिकैको खाली घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट थियो । नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका