गरिमा शर्मा र बिष्णु नेपाल फिचर्ड ''लगायौ कस्तो मोहनी'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperगरिमा शर्मा र बिष्णु नेपाल फिचर्ड ''लगायौ कस्तो मोहनी'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गरिमा शर्मा र बिष्णु नेपाल फिचर्ड ”लगायौ कस्तो मोहनी” सार्वजनिक (भिडियो)

गरिमा शर्मा र बिष्णु नेपाल फिचर्ड ”लगायौ कस्तो मोहनी” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • बुधबार, माघ २६, २०७८
गरिमा शर्मा र बिष्णु नेपाल फिचर्ड ”लगायौ कस्तो मोहनी” सार्वजनिक (भिडियो)

काठमान्डाैँ, २६ माघ । गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ”लगायौ कस्तो मोहनी” गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको शब्द,संगीत रहेको प्रेमिल शैलीको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सींङ र मास्टरिङ रहेको छ ।

पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ”द नेक्स्ट ” को युट्युब च्यानलबाट रिलिज गरिएको हो।

संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिज संगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

बिगत लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक छेत्रको बिकासमा सक्रिय बिष्णु नेपालको पहिलो अभिनयलाइ दर्शकले राम्रो रहेको बताएका छ ।

उनी अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ”द नेक्स्ट” को सस्थापक मध्यका एक हुन । ”द नेक्स्ट” ले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका