इमर्जिङ नेपालको आईपीओ खुला, एक हजार कित्तासम्म आवेदन दिन सकिने ? • Nepal's Trusted Digital Newspaperइमर्जिङ नेपालको आईपीओ खुला, एक हजार कित्तासम्म आवेदन दिन सकिने ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इमर्जिङ नेपालको आईपीओ खुला, एक हजार कित्तासम्म आवेदन दिन सकिने ?

इमर्जिङ नेपालको आईपीओ खुला, एक हजार कित्तासम्म आवेदन दिन सकिने ?

  • समाचारपाटी
  • बुधबार, माघ २६, २०७८
इमर्जिङ नेपालको आईपीओ खुला, एक हजार कित्तासम्म आवेदन दिन सकिने ?

इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरेकाे छ ।

बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा सर्वसाधारणले आगामी १ फागुनसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए ११ फागुनसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य भएको कम्पनीको पूँजी संरचनाअन्तर्गत पाँच अर्ब रुपैयाँ अधिकृत पुँजी छ । कम्पनीको हालको जारी पुँजी ५५ करोड ५६ लाख बराबरको तथा चुक्ता पूँजी ५० करोड ४० लाख छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका