वाग्मती नदी किनारमा  धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा पक्की संरचना • Nepal's Trusted Digital Newspaperवाग्मती नदी किनारमा  धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा पक्की संरचना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वाग्मती नदी किनारमा  धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा पक्की संरचना

वाग्मती नदी किनारमा  धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा पक्की संरचना

  • समाचारपाटी
  • बुधबार, माघ २६, २०७८
वाग्मती नदी किनारमा  धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा पक्की संरचना

काठमाडौं, २६ माघ । काठमाडौंको वाग्मती नदी किनारमा  धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा बहाव क्षेत्र मिच्ने काम भइरहेको छ, जसको संरक्षण राजनीतिक दलका नेता कार्यकर्ताले गर्ने गरेका छन् ।

वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार नदीको दायाँ-बायाँ २०-२० मिटर क्षेत्रभित्र संरचनाहरु बनाउन नपाइने नियम छ । तर विभिन्न संघसंस्थाले गुरुयोजना विपरीत थुप्रै संरचना बनाएका छन्, जुन अवैध छ ।

समितिले १५ माघमा सूचना जारी गर्दै तीनकुनेदेखि थापाथलीसम्म वाग्मतीको किनारमा बनेका स्थायी तथा अस्थायी संरचना भत्काउन ६ दिन समय दिएको थियो ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैं भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवम् पक्षबाट सरकारी बाँकी सरह उठाइने पनि सूचनामा उल्लेख थियो ।

तर अहिलेसम्म अवैध संरचना हटेको छैन । बरु वाग्मती सभ्यता एकीकृत विकास समिति र सहरी विकास मन्त्रालयमाथि नै दबाव बढाएर सूचना स्थगित गराउन प्रयत्न भइरहेको स्रोतले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका