लमजुङ तार्कुघाट स्थित मर्स्याङदी नदि किनारमा महिलाकाे शव फेला • Nepal's Trusted Digital Newspaperलमजुङ तार्कुघाट स्थित मर्स्याङदी नदि किनारमा महिलाकाे शव फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लमजुङ तार्कुघाट स्थित मर्स्याङदी नदि किनारमा महिलाकाे शव फेला

लमजुङ तार्कुघाट स्थित मर्स्याङदी नदि किनारमा महिलाकाे शव फेला

  • समाचारपाटी
  • मङ्लबार, माघ २५, २०७८
लमजुङ तार्कुघाट स्थित मर्स्याङदी नदि किनारमा महिलाकाे शव फेला

पाेखरा, २५ माघ । लमजुङ राईनास नगरपालिका ८ तार्कुघाट स्थित मर्स्याङदी नदिको किनारमा मृत अवस्थामा शव फेला परेकाे छ ।  लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका २ हाडेटार बस्ने वर्ष ४४ की कमला पौडेल घरबाट कोहि कसैलाई पनि जानकारी नगरी हराएका थिइन ।

हराएकाे खबर परिवारले प्रहरीलाइ जानकारी गराएपछि प्रहरी टोली खोजतलास गर्ने क्रममा साेमबार  साझकाे करिब  ५ बजे   लमजुङ राईनास नगरपालिका ८ तार्कुघाट स्थित मर्स्याङदी नदिको किनारमा ४४ वर्षिय  कमला पौडेल  मृत अवस्थामा फेला परेकी हुन् ।

घटनास्थलमा प्रहरी टोली खटि  थप अनुसन्धान भईरहेको  छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका