देशमा MCC को चर्काचर्की भएकै बेला पोखराबाट सार्वजनिक भयाे MCC विरुद्धकाे गीत • Nepal's Trusted Digital Newspaperदेशमा MCC को चर्काचर्की भएकै बेला पोखराबाट सार्वजनिक भयाे MCC विरुद्धकाे गीत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशमा MCC को चर्काचर्की भएकै बेला पोखराबाट सार्वजनिक भयाे MCC विरुद्धकाे गीत

देशमा MCC को चर्काचर्की भएकै बेला पोखराबाट सार्वजनिक भयाे MCC विरुद्धकाे गीत

  • समाचारपाटी
  • मङ्लबार, माघ २५, २०७८
देशमा MCC को चर्काचर्की भएकै बेला पोखराबाट  सार्वजनिक भयाे MCC विरुद्धकाे गीत

पोखरा, २५ माघ । देशमा MCC को पक्ष र विपक्षमा चर्काचर्की चलिरहेको बेला पोखराबाट MCC विरुद्धको गीत सार्वजनिक भएको छ । सङ्गम सांस्कृतिक मञ्चको प्रस्तुतिमा बनेको ‘से नो एमसिसी’ बोलको गीतको रचना स्ट्रगल रानाले गरेका हुन् ।

सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँलेको सङ्गीत रहेको गीतमा सचिव विकास लुङ्गेलीको स्वर रहेको छ । लुङ्गेलीलाई प्रतीक्षा सुनारले गायनमा साथ दिएकी छन् ।

MCC आएमा नेपालको आकाशमा साम्राज्यको बादल छाउने भन्दै नेपाली छातीमा अमेरिकी सेनाले परेड खेल्ने अवसर बन्ने भएकाले कुनै पनि हालतमा MCC पास गर्न नहुने भाव गीतमा प्रस्तुत गरिएको छ । नेताहरूले मातृभूमि बन्धक राखेर भुँडी भर्न खोजेको भन्दै MCC को पक्षमा भएका नेताहरूलाई खबरदारी पनि गरिएको छ ।

प्रत्यक्ष गायनको भिडियो निर्माण गरी सम्मोहन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अधिकांश नेपालीको भावना समेट्ने सङ्गम सांस्कृतिक मञ्चको विश्वास छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका