धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट • Nepal's Trusted Digital Newspaperधितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट

धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट

  • समाचारपाटी
  • सोमवार, माघ २४, २०७८
धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट

 

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट पाँच जना छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले १५ जनाको आवेदन परेकोमा पाँच जनाको छनोट गरेको हो ।

छनोट भएका पाँच जनाबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने छ । तीमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

उत्कृष्ट पाँच जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छनोट भएका छन् । उनीहरूसहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाईं, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका