नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्याे त तोलामा ? • Nepal's Trusted Digital Newspaperनेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्याे त तोलामा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्याे त तोलामा ?

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्याे त तोलामा ?

  • समाचारपाटी
  • सोमवार, माघ २४, २०७८
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्याे त तोलामा ?

काठमाडौं, २४ माघ । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय ताेकिएकाे छ भने तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुन ९२ हजार पाँच सय र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार काे तुलनामा सुन १ सयले वृद्धि भएर ९२ हजार ६ सय पुगेकाे हाे ।

यस्तै सेतो धातु चाँदी भने आइतबार भन्दा तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका