बिजुलीको पोलबाट खसेर प्रधिकरणका कर्मचारीको मृत्यु • Nepal's Trusted Digital Newspaperबिजुलीको पोलबाट खसेर प्रधिकरणका कर्मचारीको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिजुलीको पोलबाट खसेर प्रधिकरणका कर्मचारीको मृत्यु

बिजुलीको पोलबाट खसेर प्रधिकरणका कर्मचारीको मृत्यु

  • समाचारपाटी
  • सोमवार, माघ २४, २०७८
बिजुलीको पोलबाट खसेर प्रधिकरणका कर्मचारीको मृत्यु

 

बिजुलीकाे पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको पाेलबाट खसेर साेमबार मृत्यु भएको हो ।

पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेकाे र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बाल नरसिंह राणाले बताए । विरेन्द्र चाेक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिएपछि केदेमको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका