कमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी • Nepal's Trusted Digital Newspaperकमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

कमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

  • समाचारपाटी
  • सोमवार, माघ २४, २०७८
कमल थापाको छुट्टै भेला सुरु, राप्रपा महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

 

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ ।

चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ । थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिबद्धता जनाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका