प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद ! • Nepal's Trusted Digital Newspaperप्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

  • समाचारपाटी
  • सोमवार, माघ २४, २०७८
प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् ।

कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितकाे समय माग गरेकाे खुलेकाे थियाे ।

नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!,’ भट्टराईले लेखेका छ्न् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका