चुरोट कम्पनीले तिर्यो लाखौँ क्षतिपूर्ति • Nepal's Trusted Digital Newspaperचुरोट कम्पनीले तिर्यो लाखौँ क्षतिपूर्ति • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • चुरोट कम्पनीले तिर्यो लाखौँ क्षतिपूर्ति

चुरोट कम्पनीले तिर्यो लाखौँ क्षतिपूर्ति

  • समाचारपाटी
  • सोमवार, माघ २४, २०७८
चुरोट कम्पनीले तिर्यो लाखौँ क्षतिपूर्ति

 

अमेरिकाको फ्लोरीडाको एक अदालतले आर।जे।रेनोल्डस सुर्ती कम्पनीलाई चुरोट पिएकै कारण श्वास प्रश्वास समस्याबाट मृत्यु भएकी एक महिलाको परिवारलाई क्षतिपूर्ति स्वरूप ९७ लाख ५० हजार अमेरिकी डलर दिन आदेश दिएको छ । क्यारोलिन लोङ नामक ती महिलाको दुई वर्षअघि मृत्यु भएको थियो ।

अदालतले त्यस कम्पनीको चुरोटको निकोटिनको कुलतको कारण क्यारोलिनको मृत्यु भएको ठहर गरेको हो । जतिसुकै प्रयास गर्दा पनि उनले आफ्नो कुलत त्याग्न नसकेको कुरा उनको पतिका प्रतिनिधित्व गदै अदालत समक्ष वकिलहरूले भनेका थिए ।
बल्ल सन् २००२ मा चुरोट त्याग्नुअघि दसकौँसम्म क्यारोलिनले नियमित रूपमा धूम्रपान गर्दै आएकी थिइन् । जसका कारण उनलाई धमनीमा अवरोध आउने गम्भीर रोग लागेको थियो । सोही रोगबाट उनको ८० वर्षको उमेरमा सन् २०२० मा निधन भएको थियो ।

क्यारोलिनका पति जोह्नले सानै उमेरदेखि चुरोट पिउन थालेपछि जोसुकैलाई पनि छोड्नै नसक्ने गरी लत लाग्नेगरेको र आर।जे। रेनोल्डस सुर्ती कम्पनीले धूम्रपानको खतरा सत्यलाई लुकाएको सञ्चारमाध्यमलाई बताएका छन् ।
फ्लोरिडास्थित कानुन फर्म न्युल्यान्डस एन्ड क्लार्कका सेन न्युल्यान्डसले सत्तरी र असीको दसकमा लाइट चुरोट स्वास्थका लागि खतरनाक छैन भन्दै विज्ञापन गरी झुठोको खेती गरेको बताएकाछन् । उनले क्यारोलिनको पक्षमा निर्णय दिएकोमा अदालतप्रति कृतज्ञता पनि प्रकट गरेका छन् ।

यस मुद्धाको अंश नभएपनि फिलिप मोर्रिस नामक चुरोट कम्पनीलाई पनि अदालतले क्षतिपुर्तिको दस प्रतिशत रकम बेहोर्न आदेश दिएको छ । आर।जे रेनोल्डसले अदालतको यस निर्णयप्रति तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका