सीसीएमसीका निर्णयहरू के के भए आज ? (छोटकरीमा) • Nepal's Trusted Digital Newspaperसीसीएमसीका निर्णयहरू के के भए आज ? (छोटकरीमा) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सीसीएमसीका निर्णयहरू के के भए आज ? (छोटकरीमा)

सीसीएमसीका निर्णयहरू के के भए आज ? (छोटकरीमा)

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
सीसीएमसीका निर्णयहरू के के भए आज ? (छोटकरीमा)

 

आज बसेको सीसीएमसीको निर्णयले निम्न कुराहरू पारित गरेको छ ।

 

१.कोभिड १९ संकट व्यवस्थापन केन्द्रले १ फागुनबाट शैक्षिक संस्था सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर १ फागुनबाट विद्यालय सञ्चालन गर्न सिफारिस गरेको हो । तर, विद्यालय सञ्चलान गर्दा १२ वर्ष पुगेकाको हकमा नियमित र १२ वर्ष नपुगेकाको हकमा आलोपालो दिनमा कक्षाको व्यवस्थापन गर्न मन्त्रालयलाई सीसीएमसीले भनेको छ ।

२. कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । आइतबार बसेको सीसीएमसीको बैठकले कूल क्षमताको ५० प्रतिशत दर्शक राखेर खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । तर, त्यसका लागि सीसीएमसीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि भनेको छ ।

३.कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले एक सयभन्दा बढी जम्मा नहुने गरी पार्टी प्यालेस सञ्चालन गर्न अनुमति दिएको छ । आइतबार बसेको सीसीएमसीको बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरेर कूल क्षमताको ५० प्रतिशत वा एक सयभन्दा बढी व्यक्ति जम्मा नहुने गरी पार्टी प्यालेस सञ्चालन गर्न अनुमति दिएको हो ।

४.कोभिड १९ संकट व्यवस्थापन केन्द्रले भोलि २४ माघदेखि जोरबिजोर हटाउन सरकारलाई सिफारिस गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

५.कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १ फागुनबाट राति १० बजेसम्म चलाउन सीसीएमसीले सिफारिस गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका