आजकाे मौसम :- हिमाली भू-भागका एक वा दूई स्थानमा हिमपात, प्रदेश नं १ मा वर्षा को सम्भावना • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :- हिमाली भू-भागका एक वा दूई स्थानमा हिमपात, प्रदेश नं १ मा वर्षा को सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :- हिमाली भू-भागका एक वा दूई स्थानमा हिमपात, प्रदेश नं १ मा वर्षा को सम्भावना

आजकाे मौसम :- हिमाली भू-भागका एक वा दूई स्थानमा हिमपात, प्रदेश नं १ मा वर्षा को सम्भावना

  • समाचारपाटी
  • सोमवार, माघ २४, २०७८
आजकाे मौसम :- हिमाली भू-भागका एक वा दूई स्थानमा हिमपात, प्रदेश नं १ मा वर्षा को सम्भावना

काठमान्डाैँ, २४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । पश्चिमी तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु, कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १ को एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

रातिमा भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका