१ हजार ३८६ जना कोरोना संक्रमित थपिए सँगै ११ जनाको कोरोना संक्रमणबाट मृत्यु • Nepal's Trusted Digital Newspaper१ हजार ३८६ जना कोरोना संक्रमित थपिए सँगै ११ जनाको कोरोना संक्रमणबाट मृत्यु • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • १ हजार ३८६ जना कोरोना संक्रमित थपिए सँगै ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

१ हजार ३८६ जना कोरोना संक्रमित थपिए सँगै ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
१ हजार ३८६ जना कोरोना संक्रमित थपिए सँगै ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौ, ३ माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।   यस्तै नेपालमा कोरोना भाइरसबाट  मृत्‍यु हुनेको संख्या ११ हजार ६१४ पुगेको छ भने ९ लाख ९ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका