मयूर बहुउद्देश्यीय सहकारीको शुभारम्भ,अभियान क्लब र सहकारीद्वारा संयुक्त रक्तदान कार्यक्रम • Nepal's Trusted Digital Newspaperमयूर बहुउद्देश्यीय सहकारीको शुभारम्भ,अभियान क्लब र सहकारीद्वारा संयुक्त रक्तदान कार्यक्रम • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • मयूर बहुउद्देश्यीय सहकारीको शुभारम्भ,अभियान क्लब र सहकारीद्वारा संयुक्त रक्तदान कार्यक्रम

मयूर बहुउद्देश्यीय सहकारीको शुभारम्भ,अभियान क्लब र सहकारीद्वारा संयुक्त रक्तदान कार्यक्रम

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
मयूर बहुउद्देश्यीय सहकारीको शुभारम्भ,अभियान क्लब र सहकारीद्वारा संयुक्त रक्तदान कार्यक्रम

पोखरा, २३ माघ । पोखराको जिरो किमीमा मयूर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय शुभारम्भ भएको छ । श्रीपञ्चमीका दिन सहकारीको शुभारम्भका अवसरमा संस्था र अभियान युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सहकारीको शुभारम्भ तथा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सहकारीले शुभारम्भ रक्तदानमार्फत गरेकोमा प्रशंसा व्यक्त गरेका थिए । सहकारीले साना व्यवसायीलाई पनि समेट्दै उद्योगीलाई माथी उकास्न मद्दत गर्नुपर्ने बताए । साथै रक्तदान जस्तो पुण्य कार्य गरेकोमा रक्तदातालाई धन्यवाद व्यक्त गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन आयोजक दुवै संस्थालाई आग्रह गरेका थिए ।

त्यसैगरि कार्यक्रममा वडा ८ का वडाध्यक्ष रुद्रथान बरालले व्यवसायीक क्षेत्र धेरै भएको वडा ८ लाई पनि सहकारीले आफ्नो कार्यक्षेत्र बनाएकोमा शुभकामना व्यक्त गरे । फेवा सहकारीका जगन तिमिल्सिनाले सामाजिक गतिविधिमा सहकारीले सहकार्य गर्ने काममा अग्रपंक्तिमा रहेको बताए । साथै सहकारीले व्यवसायलाई अझ विस्तार गर्नमा ठुलो भुमिका खेलेको उनले बताए । त्यस्तै अभियान युवा क्लबका अध्यक्ष राजु गिरीले अरुको जीवन बचाउँन रगतको दान गर्नु भनेको निकै नै प्रशंसनिय कार्य भएको बताउँदै रक्तदातालाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष मयूर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मिनराज खड्काले सहकारीले कृषी, व्यवसाय र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । शुरुवाती अवस्थामा पोखराको वडा नं। ५, ६ र ८ लाई आफ्नो कार्यक्षेत्र बनाई शुभारम्भ भएको जानकारी दिए । व्यवसायलाई माथी उकास्न मयूर सहकारीले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थियो ।

त्यस्तै रक्तदान किन गर्ने, कस्तो व्यक्तिले गर्ने लगाएत रक्तदानका विषयमा समाज भित्र भएका भ्रमका बारेमा स्टाफ नर्स समिक्षा अधिकारीले जानकारी दिएकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य मयूर सहकारीका हरि अधिकारीले राखेका थिएभने कार्यक्रमको सञ्चालन सुशिल नेपालीले गरेका थिए ।

सहकारी शुभारम्भका अवसरमा भएको संयुक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको थियो ।

257830289 659292572088281 1048262202930206505 n

273263559 344592937678175 1843725808808190575 n 1

272643149 365655101657408 4951991711777977047 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका