हेमन्त कान्छा र रेम गुरुङको ‘फूल रोको कस्ले देख्छ र ?’ गीतकाे भिडियो सार्वजनिक • Nepal's Trusted Digital Newspaperहेमन्त कान्छा र रेम गुरुङको ‘फूल रोको कस्ले देख्छ र ?’ गीतकाे भिडियो सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हेमन्त कान्छा र रेम गुरुङको ‘फूल रोको कस्ले देख्छ र ?’ गीतकाे भिडियो सार्वजनिक

हेमन्त कान्छा र रेम गुरुङको ‘फूल रोको कस्ले देख्छ र ?’ गीतकाे भिडियो सार्वजनिक

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
हेमन्त कान्छा र रेम गुरुङको ‘फूल रोको कस्ले देख्छ र ?’ गीतकाे भिडियो सार्वजनिक

काठमाडौँ, २३ माघ । गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ? ’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ ।

फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् । गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् । सर्जक सदाबहार गायिका शर्मिला गुरुङका भाई हुन् । उनी हाल अध्ययनको शिलशिलमा सपरिवार अष्ट्रेलियमा छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका