जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी • Nepal's Trusted Digital Newspaperजोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी

जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी

 

काठमाडौं उपत्यकामा सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउने तयारी गरिएको हो ।

कोरोना संक्रमण घट्दै गएकाले अब सहजीकरण गर्दै लैजाने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘‘संक्रमणदर घट्दै आएको छ । यसबारे समीक्षा भइरहेको छ । अब स्मार्ट लकडाउनको प्रावधान खुकुलो बनाउँदै सहजीकरण गर्ने हो,” प्रजिअ रिजालले भने ।
आजदेखि केही नगरपालिकामा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिएको छ ।

‘‘सार्वजनिक सवारीसाधनमा त जोरबिजोर हटिसक्यो । अब निजी सवारीसाधनको जोरबिजोरमा पनि खुकुलो गरेर पेसा, व्यवसाय चलायमान गराउनेतर्फ गृहकार्य गरिरहेका छौँ । कोरोना घट्दै गएकाले थप खुकुलो गर्ने निष्कर्षमा पुगेका छौँ,” उनले भने ।

सिनेमाहल, जिमखाना, पार्टीप्यालेसलगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन् । यसबाहेक सार्वजनिकस्थलमा २० जनाभन्दा बढी भेला हुन नपाइने गरी आदेश जारी गरिएको थियो ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०को बैठकले यसबारे निर्णय गर्नेछ । त्यसपछि उपत्यकाका तीन जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअको बैठक बसेर आजै नयाँ आदेश जारी हुन सक्ने प्रजिअ रिजालले जानकारी दिए ।

‘‘बैठकबारे भक्तपुर, ललितपुरका प्रजिअसँग सम्पर्क भएको छैन । बैठक बस्ने वातावरण भयो भने आज नै अर्को आदेश आउँछ,” उनले भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका