दैनिक ३२ किलोमिटर यात्रा गर्ने अशोकको खेलप्रतिको मोह • Nepal's Trusted Digital Newspaperदैनिक ३२ किलोमिटर यात्रा गर्ने अशोकको खेलप्रतिको मोह • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • दैनिक ३२ किलोमिटर यात्रा गर्ने अशोकको खेलप्रतिको मोह

दैनिक ३२ किलोमिटर यात्रा गर्ने अशोकको खेलप्रतिको मोह

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
दैनिक ३२ किलोमिटर यात्रा गर्ने अशोकको खेलप्रतिको मोह

एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छ भन्दा पत्यार लाग्न गाह्रो होला, तर यो सत्य हो ।

कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामी दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन् ।

१० वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका कृष्णपुर नगरपालिका– ५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलको ब्याडमिन्टन हलमा पुगिरहेका छन् । दैनिक बस भाडा र अरू गरेर यहाँ खेल्न आउँदा तीन सय जति खर्च हुन्छ, उनले भने, पैसाभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु ।

आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्चनपुरमा ब्याडमिन्टनमा अशोकजस्तै धेरै नयाँ खेलाडीहरू बिचल्लीमा छन् । यहाँको महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौँ नयाँ जुनियर खेलाडीहरू नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्नसमेत पाएका छैनन् ।

बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ, धामीले भने, कभर्डहलमा कमसेकम सिनियर दाइहरूसित खेल्ने र सिक्ने अवसर त मिल्छ ।

दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन् ।

ुसंघको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका–२ बंकमा दीपक धामी ९ब्याडमिन्टन राष्ट्रिय रेफ्रीलाई सम्पर्क गर्नु भन्ने रिप्लाई आयो, धामीले भने, त्यसपछि सात किलोमिटर यात्रा गरेर बंक खेल्न आउन थालेँ ।

वाणी बंक क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ ।
उक्त प्रतियोगितामा सहभागितामा सीमित जस्तै भए पनि खेल्नमा अगाडि बढ्ने हौसला मिलेको उनको भनाइ छ । टेलिभिजन र इन्टरनेसनलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हेर्न छुटाएको छैन, धामीले भने, घरपरिवारबाट पनि राम्रो सहयोग मिलेको भएर बस चढेर खेल्न महेन्द्रनगर पुग्छु ।

बुबा सशस्त्र प्रहरी बलबाट जागिर छाडेर वैदेशिक रोजगारीमा रहेको उनले बताए । गुलरियाको नगरपालिका र इलाका प्रहरी कार्यालय परिसरमा बाहिर ब्याडमिन्टन कोर्ट छन् । बाहिर पानी आउने, हावा आउँछ खेल्न गाह्रो हुन्छ, धामीले भने, अर्को वर्ष काठमाडौं जाने उतै पढ्ने र खेल्ने सोच बनाएको छु ।

गुलरियाको सरस्वती विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत धामी पढाइमा समेत अब्बल विद्यार्थी हुन् । ब्याडमिन्टन खेलका माध्यमबाट मुलुककै परिचित खेलाडी बन्ने आफ्नो योजना रहेको धामीको भनाइ छ ।

जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरका उपाध्यक्ष दिलबहादुर धामीले अस्थायी रूपमा प्रशिक्षक यहाँ ल्याउन पहल गरिए पनि माथिल्लो निकायबाट सुनुवाइ नभएको बताए । ुकञ्चनपुर ब्याडमिन्टनको उर्वर भूमि हो । तर, यहाँ प्रशिक्षक खटाउन राज्यले ध्यान दिएको छैन, उनले भने, प्रदेशदेखि केन्द्रसम्म पहल गर्‍यौँ तर आश्वासन मात्रै पायौँ ।

संघले समयरसमयमा प्रतियोगिताहरू आयोजना गरेर ब्याडमिन्टनको गतिविधिहरू बढाइरहेको दिलबहादुरले बताए । यहाँका खेलाडीहरू वर्ल्ड र्‍याङ्किङसम्म पुग्दा पनि एउटा प्रशिक्षक पाउँदैन भने योभन्दा दुःखको कुरो अरू के हुन्छ रुु उनले भने, अहिले खेलाडी प्रशिक्षकविहीन अवस्थामा अभ्यास गर्दैछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका