बेलायतको रोयल एयर फोर्सले ६ महिनासम्म पनि गोर्खा फोर्सको लगेज फिर्ता दिन नसक्दा, पिडितहरुअन्यौलमा • Nepal's Trusted Digital Newspaperबेलायतको रोयल एयर फोर्सले ६ महिनासम्म पनि गोर्खा फोर्सको लगेज फिर्ता दिन नसक्दा, पिडितहरुअन्यौलमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बेलायतको रोयल एयर फोर्सले ६ महिनासम्म पनि गोर्खा फोर्सको लगेज फिर्ता दिन नसक्दा, पिडितहरुअन्यौलमा

बेलायतको रोयल एयर फोर्सले ६ महिनासम्म पनि गोर्खा फोर्सको लगेज फिर्ता दिन नसक्दा, पिडितहरुअन्यौलमा

  • समाचारपाटी
  • शनिबार, माघ २२, २०७८
बेलायतको रोयल एयर फोर्सले ६ महिनासम्म पनि गोर्खा फोर्सको लगेज फिर्ता दिन नसक्दा, पिडितहरुअन्यौलमा

रूद्र ढकाल बृटिश सेनाले अफगानिस्तानबाट उद्धार गरी बेलायत लगिएका गोर्खा गार्ड फोर्सका जवानहरुका लगेजहरु अहिले ६ महिना बितीसक्दासम्म पनि रोयल एयर फोर्स(RAF)ले नेपाल पठाउन नसक्दा सयौं पिडितहरु अलपत्रसंग सलबलाई रहेका  छन्।

गत बर्षको अगष्ट महिनामा सशस्त्र तालीवान लडाकूहरुले अन्धधुन्ध किसिमले अफगानिस्तानको राजधानी काबुलमा रहेको बृटिश
एम्बेसी लगायत सम्पूर्ण पश्चिमा गठबन्धनका दूतावासहरु माथी घेरा हाल्दै धावा बोलेपछि बृटिश सेनाले उद्धार गरी बेलायत तर्फ लगिएका गोर्खा गार्ड फोर्सका जवानहरुका लगेजहरु अहिले ६ महिना बिति सक्दासम्म पनि रोयल एयर फोर्सले बेलायतबाट फिर्ता पठाउन नसक्दा सयौं पूर्ब सेक्युरीटी अफिसरहरु मर्कामा परिरहेका  छन्।

ती सेक्युरीटी अफिसरहरुले सम्बन्धित राजदूतहरु आ आफ्ना दूतावासहरु छोडी रातारात भागेपछि पनि अन्तिम समयसम्म दूतावासहरुलाई पहरा दिई बसीरहेका थिए। ती नेपाली सूरक्षा गार्डहरुले त्यतिबेलाको संकटकालिन समयमा पश्चिमी दूतावासहरु मात्र नभई संयुक्त सूरक्षा फौजको कर्पोरेट हेडक्वाटरहरु क्रमश गार्डावर्ल्ड, जी फोर एस तथा हार्ट कम्पनीहरुको मुख्यालयहरुलाई आफ्नो ज्यान समेत नभनी अन्तिम समय सम्म सुरक्षा पहरा दिईरहेका बेला अकस्मात् अफगानिस्तान छोड्नु पर्ने तालीवानको उर्दी आफ्नो हेडक्वाटर मार्फत आएपछि
तालिवानलाई हतियार बुझाएर हमिद कारजाई ईन्टरनेशनल एयरपोर्ट स्थित बृटिश क्याम्पमा शरण लिन पुगेका थिए।

त्यसपछि उनीहरुलाई सेनाको जहाजले नै दुबई पुर्याईएको थियो। यसपछि उनीहरुलाई दुबईबाट नजिकैको नेपाल नलगिकन रोयल एयर
फोर्सको जहाज मार्फत बेलायत तर्फ रिलोकेशनकोलागि लगिएको थियाे ।

सुरक्षा कम्पनीका ठेकेदारहरुले आफ्नो आर्थिक भार घटाउनकोलागि जबरजस्ती झुक्याएर नेपाल पठाईएकोले अहिले सम्म पनि उनीहरु अन्यौलमा परिरहेको पाईएको छ। अन्यौलमा परिरहेका ती बफादार गोर्खा गार्ड फोर्सका जवानहरुले भने आफूहरुलाई बेलायत सरकारले विश्वको अगाडी सिर्फ केवल देखाउनकोलागि मात्रै उद्दार गरेर बेलायत लगे जस्तो गरी आखिर आफूहरुलाई रित्तै हात नेपालतिरै फर्काई दिएको गुनासो पोखेका छन्।

नत्र नजिकैको नेपाल नल्याई किन टाढाको बेलायततिर लगियो त  भन्ने  उनीहरुको तर्क छ। उनीहरुले आफूहरुलाई बेलायत पुगेपछि त्यहाँ स्थित गार्डवर्ल्ड सेक्युरिटी, जी फोर एस सेक्युरिटी र हार्ट सेक्युरिटी कम्पनीका कमान्डरहरु तथा केही नेपाली सुपरभाईजर र वेलफेयर अफिसरहरुले समेत आलंकारिक किसिमले झुक्याउँदै तथा धम्कीपूर्ण भाषा बोल्दै अनि दुरव्यवार  गर्दै जबरजस्ती  आफ्नो सामानै बेगर हतार हतार प्लेन भित्र कोची रित्तै हात नेपाल फर्काई दिएको कुरा दुखमान्दै पिडितले बताएका छन्। उनीहरुले अहिले भिषाको म्याद नसकिंदै आफ्नो सामान लिनकोलागि बेलायत सम्म जान्छु भन्दा पनि नेपाल ईमिग्रेशनले अनेक बहानामा घूस माग्दै भाँजो हालिरहेको गुनासो गरेका छन्। उनीहरुको भिसाको म्याद यही फेब्रुअरीको १७ तारीख सम्ममा सकिंदै छ।

बेलायतले आफ्नो सह नेतृत्वमा गरिरहेको लामो अफगान युद्दको जोखिमपूर्ण क्षेत्रमा अन्तिम समयसम्म सोझा र ईमान्दार नेपाली
कामदारहरुलाई विभिन्न प्रलोभन देखाई सुरक्षा कवच अर्थात् मानब ढालको रुपमा प्रयोग गरी अहिले आएर उनीहरुलाई अलपत्र
छोडी बेवास्था गर्नु घोर अन्याय र अमानविय व्यवहार हो भन्दै सर्वत्र आलोचना र निन्दा भईरहेको समाचार छ।

यति हुँदाहुँदै पनि नेपाल सरकारको ईमिग्रेशन मातहतका कर्मचारीहरुले पनि घुसको लोभमा बेलैमा ती पीडित मजदुर वर्गको मर्का नबुझिदिनु बिडम्बनाको कुरो भएको नेपाली डायस्पोराका स्वतन्त्र वुद्धिजीवीहरुको भनाई छ। अफगानीस्तानबाट (RAF) को जहाजले उद्धार गरी बेलायतसम्म ल्याईएका करीब २ सय जना भन्दा बढी यस्ता पिडितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेका रुद्र ढकाल (हलोवाला) ले, बेलायतको लिभरपुलबाट पीडितहरुसंग सम्पर्क गरी अन्तरक्रिया गर्दा,उनीहरुले आफूहरु दुवै देशको सरकार र ईमिग्रेशनको मात्रै नभई अहिले आएर बेलायतको रक्षा मन्त्रालयको ढिला सुस्तीको कारणले समेत मर्कामा परिरहेको गुनासो पोखिरहेको बताईएको छ।

आफ्नो उक्त लगेजमा निकै बहुमूल्य धनसम्पतिहरु तथा महत्वपूर्ण सूचनाहरु भएको र उक्त सूचनाको चुहावटले आफूहरुको ज्यान समेत खतरामा पर्न सक्ने सम्भावना रहेको एक सय भन्दा बढी पिडितहरुको गुनासो छ। यसैको कारणले गर्दा उनीहरुको बालबच्चाहरुको भविष्य पनि अन्धकार बन्दै गईरहेको सबै पिडितको भनाई  रहेकाे छ।

हलोवालाका अनुसार सूरक्षा ठेकेदार कम्पनीहरुले ती कामदारहरुबाट जनही प्रति महिना ४३०० सम्म सामाजिक सुरक्षाकोलागि
कर तथा संचयकोष काटेकोमा अहिले आफूहरुले कतैबाट पनि केही नपाएको उनीहरुको गुनासो छ। यसबाट ती नेपाली
कामदारहरुको बर्षौं सम्मको संचयकोष सहित करोडौँको पसिना गुमेको अनुमान छ।

अफगानिस्तानबाट बेलायत हुँदै फर्काईएका ती बृटिश दूताबासका अवकास प्राप्त सूरक्षाकर्मीहरु नेपालको श्रम मन्त्रालयमा आफ्नोलागि सरकारले केही गरिदिन्छ कि भनेर बुझ्न जाँदा श्रम विभागका कर्मचारीले यसको प्रकृयाकोलागि जनही ४ लाखको दरले शुरुमै डिपोजिट राख्नु पर्ने भन्दै घुस खान खोजेको समेत पिडितहरुको गुनासो छ। त्यस्तै बेलायती दूतावासले केही गरिदिन्छ कि भनेर ११० जनाको नेतृत्व गर्दै गएका पूर्ब कर्मचारीहरुलाई लैनचौर स्थित बृटिश एम्बेसीका कर्मचारीहरुले आफूहरुले केही पनि गर्न नसक्ने भन्दै पन्छाईदिएको उनिहरुको गुनासो छ।

गोर्खा गार्ड फोर्सका एक पिडितले दुखेसो पोखे ”१२ बर्ष सम्म बेलायती दूताबासमा बफादार रुपले चौकीदारी गरियो, बाहिरबाट हामीले आफ्नो ज्यान थापेर भित्र राजदूतहरुलाई आनन्दले निदाउन दिईयो तर अहिले हामीहरुको निन्द्रा खोसिएको छ। न्याय खोज्नलाई बेलायतै फर्कन्छु भनेर एयरलाईन्सको टिकट काटेर एयरपोर्ट सम्म पुग्दा पनि विमानस्थलका कर्मचारीहरुले घुस खान नपाएर उडाएनन्, हाम्रो मर्का कसले बुझिदिने ? ”

नेपाली बफादार चौकीदारहरु यस्तो घोर अन्याय र मर्कामा पर्दा पनि बेलायती मिडिया तथा नेपाली मिडियाले समेत आज सम्म एकरति, केही पनि नबोल्नु र एक शब्द पनि नकोर्नु निकै आश्चर्य र दुखकाे कुरो भएको हलोवालाले बताए। हलोवालले थपे,पिडितहरुलाई नेपाल फर्काईए देखि नै नेपाल सरकारले आजसम्म कुनै रोजगारी दिन समेत नसकेको र सामाजिक सुरक्षा पनि दिन नसकेको अनि यसबाट पिडितहरुको मानसिक स्वास्थ्य तथा पारिवारिक अबस्था समेत निकै नै नाजुक बन्दै गएको छ।

अधिकांश पिडितहरुलाई उदृत गर्दै उनले भने ”अहिले उनीहरुमा अनिद्रा, मानसिक तनाब, चिन्ता र चिड चिडाहट, आवेश,छटपटाहट, आत्माग्लानि तथा हीनाताभाश मात्रै नभई उनीहरुले सामाजिक भेदभाव र सरकारी उत्पीडनमा समेत खेपीरहेका छन्।”

अर्कोतिर बेलायत नै बसेर होम अफिसकै सुझाबमा आसाईलम गर्दै बस्नेहरुलाई पनि होम अफिसको ढिला सुस्तीले गर्दा निकै तनाव भई रहेको र परिवारको चिन्ताले सताईरहेको बताईएको छ। होम अफिसको डर र अन्यौलताले कतिपय पूर्व सेक्युरिटी अफिसरहरू पोर्चुगल र युरोप तिर गएका र त्यहाँ पनि काम नपाई दुख पाईरहेका बताईएको छ।

पोर्चुगलबाट एकजना नेपाली थर भएका सेक्युरीटी अफिसरले फोन गर्दै भने ”बेलायत हुँदा हामीलाई आसाईलम भनेकै थाहा नभएर अहिले यता पोर्चुगल आईयो तर मज्जाले दुख पाईयो। रेडिंगको डबल ट्री होटलमा बस्दा एकजना ”एनआरएन” को मान्छे हुँ भन्दै आएका थिए र उनले बेलायतमा तपाईंहरुको आसाईलम हुनै सक्दैन भनेर यता आईयो यता आएर दुख मात्र पाईयो, यता झन् केही पनि नहुने देखियो।”

आफ्नो ज्यूज्यान र परिवारको समेत व्यवास्था गर्दै युद्धभूमिमा आहुती दिएका बेलायतको संयुक्त मिशनलाई सघाएका गोर्खा गार्ड
फोर्सलाई बेलायत सरकारले अहिलेसम्म यसरी दुखदिनु अत्यान्तै आपतिजनक र लज्जाको बिषय भएको र बेलायत सरकारले
बेलैमा नैतिक रुपले नै पिडितहरुको सामाजिक पुनर्स्थापनाको जिम्मेवारी लिनु पर्ने हलोवालाको भनाई छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका