सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperसुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

  • समाचारपाटी
  • शनिबार, माघ २२, २०७८
सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु
photo: rss

काठ्माण्डाै । सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका