आजकाे मौसम :- पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा, केही स्थानमा हिमपातको सम्भावना • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :- पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा, केही स्थानमा हिमपातको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :- पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा, केही स्थानमा हिमपातको सम्भावना

आजकाे मौसम :- पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा, केही स्थानमा हिमपातको सम्भावना

  • समाचारपाटी
  • शनिबार, माघ २२, २०७८
आजकाे मौसम :- पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा, केही स्थानमा हिमपातको सम्भावना

काठमान्डाैँ, २२ माघ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।

भने प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आज रातीमा भने  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका