प्युठानमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperप्युठानमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्युठानमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्युठानमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • समाचारपाटी
  • शनिबार, माघ २२, २०७८
प्युठानमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्युठान । प्युठानमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप दुर्घटना हुँदा अन्य सात जना गम्भीर घाइते भएका छन् ।

ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको हो । जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले बताउनु भएको छ ।

दुर्घटनामा बेहुला, बेहुली नै घाइते भएका छन् । उनीहरुको बिजुवार अस्पतालमै उपचार भइरहेको थापाले बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका