भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद् • Nepal's Trusted Digital Newspaperभोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद् • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

  • समाचारपाटी
  • शुक्रबार, माघ २१, २०७८
भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

 

बिहीबार रातिदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।

उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।

‘भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ’ उनले भनिन्, ‘भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका