देशका धेरै स्थानहरुमा मेघ गर्जन,असिनासहित वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperदेशका धेरै स्थानहरुमा मेघ गर्जन,असिनासहित वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशका धेरै स्थानहरुमा मेघ गर्जन,असिनासहित वर्षाको सम्भावना

देशका धेरै स्थानहरुमा मेघ गर्जन,असिनासहित वर्षाको सम्भावना

  • समाचारपाटी
  • शनिबार, माघ २२, २०७८
देशका धेरै स्थानहरुमा मेघ गर्जन,असिनासहित वर्षाको सम्भावना

काठमान्डाैँ, २२ माघ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन र चटयाङ सहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन,चटयाङ,असिना  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

दिनकाे अन्त्यतिर अर्थात रातिमा देशभर सामान्य देखि पूर्ण बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन,चटयाङ,असिना  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका