बजारमा गुलाबको माग बढेसँगै यसवर्ष गुलाब आयातमा वृद्धि गरिने • Nepal's Trusted Digital Newspaperबजारमा गुलाबको माग बढेसँगै यसवर्ष गुलाब आयातमा वृद्धि गरिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बजारमा गुलाबको माग बढेसँगै यसवर्ष गुलाब आयातमा वृद्धि गरिने

बजारमा गुलाबको माग बढेसँगै यसवर्ष गुलाब आयातमा वृद्धि गरिने

  • समाचारपाटी
  • शुक्रबार, माघ २१, २०७८
बजारमा गुलाबको माग बढेसँगै यसवर्ष गुलाब आयातमा वृद्धि गरिने

काठमाडौं, २१ माघ । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ ।

कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो ।

प्रेमको प्रतीक मानिने रातो गुलाबको गतवर्ष एक लाख ८० हजार स्टिक बजार माग रहेको थियो भने यसवर्ष बजार माग ५० हजार स्टिकले बढेको छ ।

अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले मागको दश प्रतिशत मात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभएकाे छ ।

अध्यक्ष तामाङका अनुसार यसवर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । हरेक वर्ष दुई करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ ।

यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौं उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ । यसवर्ष उपभोक्ताले गुलाबप्रति स्टिक ८० देखि १०० रुपैयाँ सम्ममा खरित गर्नुपर्ने बताइएको छ ।

यो मूल्य विगतमा भन्दा बढी हो । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढअर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका