पोखरा । सहिद दिवसको अवसरमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्विमान गुरुङले शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले वीर सहिदहरूले गरेको त्याग र बलिदानको परिणाम स्वरूप नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्ड स्वाधीन र स्वाभिमानी मुलुकको रूपमा स्थापित भएको उल्लेख गर्नुभएको छ । सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलित रूपमा समर्पित रहन हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको गुरुङले बताउनुभएको छ ।
साथै उहाँले देशलाई द्रूत आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने वीर सहिदहरूको सपनालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निभाउनका लागि सहिद दिवस, २०७८ ले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा पनि व्यक्त गर्नुभएको छ ।