आफ्नो अन्तिम समय सम्म कुष्ठरोगीको सेवामा लाग्नुहुनेआइलिन लज विवाह नगरी आमा र हजुरआमा बन्नुभयो • Nepal's Trusted Digital Newspaperआफ्नो अन्तिम समय सम्म कुष्ठरोगीको सेवामा लाग्नुहुनेआइलिन लज विवाह नगरी आमा र हजुरआमा बन्नुभयो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आफ्नो अन्तिम समय सम्म कुष्ठरोगीको सेवामा लाग्नुहुनेआइलिन लज विवाह नगरी आमा र हजुरआमा बन्नुभयो

आफ्नो अन्तिम समय सम्म कुष्ठरोगीको सेवामा लाग्नुहुनेआइलिन लज विवाह नगरी आमा र हजुरआमा बन्नुभयो

  • समाचारपाटी
  • आइतवार, माघ १६, २०७८
आफ्नो अन्तिम समय सम्म कुष्ठरोगीको सेवामा लाग्नुहुनेआइलिन लज विवाह नगरी आमा र हजुरआमा बन्नुभयो
photo source:sitala deve sharma

स्वास्थ्यकर्मी सितला देवी शर्मा धनुषा, १६ माघ । आज विश्व ६९ औँ कुष्ठरोग दिवस  २०७८ को राष्ट्रिय नारा ”शून्य कुष्ठरोगको लागी हाम्रो प्रतिबद्धता ,आत्मसम्मानको लागी एक्यबद्धता”। कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो ।

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।   समुदायमा कुष्ठरोग बारे चेतना बृद्धि गर्ने विभिन्न  हाजिरी–जवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरी मनाउने गरिएकाे छ । यद्यपि यो वर्षको भाइरसकाे  जोखिमका कारणले चाहिँ यस्ता कार्यक्रम,भेला भर्चुअल्ली नै हुने देखिएको छ ।

यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ ।IMG 20220128 092559

आइलिन लज

विहानीले दिउसोको संकेत गर्छ भने झैँ कलिलो उमेर मै केहि गर्नु पर्छ भनेर आफ्नो जन्मथलो बेलायतलाई चटक्क त्यागेर नेपालमा आई कुष्ठरोगीको सेवामा रमाउनु हुने विनीफ्रेड आइलिन लज जो आइलिन लज दिदी भनेर चिनिनु भएकाे थियाे l

आइलिन पेशाले नर्स हुनुहुन्थ्याे २०१९ मा सधैको लागी संसारबाट अवकास लिई प्रभुमा बिश्राम लिनु भएको छ l उहाँले विवाह नगरी  नेपालमा कुष्ठरोग लागेका मानिसहरु  र तिनका परिवार ,असहाय महिला ,बालबालिकाहरुको बिचमा आफ्नो जीवन भरी सेवा पुर्याईरहनु भएकाे थियाे l

अहिले उहाँले गरेका कामको ज्वलन्त उदाहरणहरु नेपालको ठाउँठाउँमा हामीले देख्न पाईरहेका छौँ l लगभग आज भन्दा सन् १९५३ तिर आफैँ ल्याण्ड रोभर चलाएर भारतको बाटो हुदै नेपाल आउनु भएको थियो l  सुरुमा पोखराको हरियोखर्क भन्ने ठाउँमा तत्कालिन श्री ५ सरकार संग समन्व गरी कुष्ठरोगीहरुलाई सेवा प्रधान गर्नु भएको थियो l हाल आएर  कुष्ठरोगको ,कानको ,छालाको,हड्डीको उपचार ,  नक्कली हात,खुट्टा बनाउने, पुनर्स्थापना केन्द्र , उपचारबाट ठिक नभएका जुन जीवनको अन्तिम क्षणमा पुगेका जीवनको आशा नभएका मानिसहरुको हेरचाह गर्ने र अन्य सेवाहरु पनि  प्रधान गर्दै आइरहेको छ l

लामो समय देखि यस क्षेत्रमा निरन्तर एकै नासले सबैलाई समान ब्यबहार गरी स्वार्थ रहित  सेवामा तल्लिन प्रेरणा दायी व्यक्तित्व आइलिन लज कुष्ठरोगी र  महिलाहरुको घाउमा  सधै मलम पट्टि लगाई सन्चो गरिदिने काम गर्नु भयो l उँहालाई हामी सबै नेपालीले मनन गर्नु पर्ने र उँहाको सिको गर्नु पर्ने कुरा छ ।

केहि समय पछि काठमाडौँ आएर कुष्ठ प्रभावित र तिनका छोराछोरी, असहाय महिला, बालबालिकालाई शिक्षा र जीविकोपार्जन गर्ने बिभिन्न तालिमको ब्यबस्था गर्नु भयो l  काठमाडौँको टुटेपानीमा एन.एल टि. भन्ने संस्था खोली त्यस संस्था मार्फत निरन्तर सेवा पुर्याउँदै आईरहनु भयो l टेक्निकल स्कुल, मैन बत्ति बनाउने , छालाबाट ब्याग,बेल्ट, नेपाली कागजबाट कार्डहरु, फोटो राख्ने एल्बम डायरी ,आदि बनाउने कारखाना खोलेर जीवनलाई थप सहज बनाउन टेवा पुर्याउनु भयो l धेरैले सिप सिकेर आफ्नो जीवन समाजमा पुनर्स्थापना गर्ने मौका पाए ।

नेपालको बिभिन्न ठाउँमा कुष्ठ प्रभावित र असहाय व्यक्तिहरुलाई सरकारसंग समन्वय गरी जग्गाको ब्यबस्था गरी गाँस बाँस कपासको व्यवस्था गरिदिनु भएको थियो l

फेरी केहि बर्षको अन्तराल पछि धनुषाको मिथिला नगरपालिका १० मा लालगढ़ कुष्ठरोग अस्पताल सेवा केन्द्र खोल्नु भयो l सुरुका दिनमा यस अस्पतालले कुष्ठरोगको बारेमा प्रचारप्रसार र उपचार गर्ने कार्यलाई निकै तिब्रताका साथ महत्व दिएर काम गरेको थियो जसले नेपाल सरकारलाई कुष्ठरोग निवारण गर्न  सहयोग पुगेको थियो भने हाल आएर समाजमा अरु थप  कार्यहरु गर्दै अस्पतालले अरु उपचारको समेत ब्यबस्था गरेर जनतालाई सेवा दिईरहेको छ l  उहाँ कहिलै झुट नबोल्ने र यदि कोहि झुट बोलेको थाहा पाएमा तुरुन्तै बोलाएर सोधपुछ गरी झुट पत्ता लगाईहाल्नु हुन्थियो l

सायद त्यसैले होला उहाँसँग झुट बोल्ने साहस कसैको हुन्थेन्  l सबै कर्मचारी कर्मठ, सहनशील, मेहनती र जुनसुकै काम गर्न शरम नमान्ने र पछि नपर्ने खालका थिए l आफ्नु काम आँफै गर्नु पर्छ भनेर सबैलाई सिकाउनु हुन्थियो l आफु पनि त्यसरी नै काम गर्नु हुन्थियो l बिरामीको सेवामा आफै खटेर काम गर्ने बानी थियो l कहिलेकाही गाडी बिग्रेमा आफैँ बनाउने कोशिस गर्नु हुन्थियो रे  अनि  ड्रराईबरलाई पनि सिकाउनु हुन्थियो l  मैले पनि केहि बर्ष उँहा सँग काम गर्ने मौका मिलेको थियो l प्रशंस्त ज्ञान र मायाँकी खानी भएकी आमा भनेर अनुभव गर्न पाएकी थिए l

लालगढ़मा रहदा अस्पताल आएका कुष्ठरोगी बिरामीलाई आँफै छेकजाँच गर्ने,ड्रेसीङ्ग गर्ने साथै सम्पुर्ण कर्मचारीलाई भेटघाट गर्ने सन्चो बिसन्चो बुझ्ने यदि कोहि बिरामी छ या कुनै समस्या छ भने पनि  त्यसको समाधान गरिदिने गर्नु हुन्थियो l कर्मचारीको परिवार र छोराछोरीलाई ज्यादै मायाँ गर्ने संग संगै बस्ने खाने र सबै हालखबर सोध्ने बुझ्ने र केहि समस्या छ भने समाधान पनि गरिदिने गर्नु हुन्थियो l छोराछोरीको स्याहारसुसार देखि घरको ,अफिसको काम कसरी गर्ने बारेमा सिकाउनु हुन्थियो l त्यसैले उंहालाई आन्टि/दिदी/आमा/हजुरआमा/बोजु भनेर सम्बोधन गरिन्थियो l उँहाले अभिभावकको भूमिका निर्वाह गर्नु हुन्थ्याे l

उहाँ अस्पतालको संथापक मात्र नभएर हामी सबैको अभिभावक हुनुहुन्थ्याे l केहि बर्ष पछि पुर्बतिर प्रदेस नं १ मा एन.एल. एफ. संस्था खोली नेपाल सरकारका अस्पतालहरुलाई कुष्ठरोग सम्बन्धि कार्य गर्न  थप सहयोग पुर्याउनु भयो l अहिले पनि त्यो संस्थाले सेवा पुर्याईरहेको छ l जीवनको अन्तिम घडीसम्म कुष्ठरोगको  उपचारमा आफुलाई समर्पित गर्दै आउनु भयो l मानिसहरुले कतिपय समयमा काम गर्दा गालीगलौज गर्दथे तर त्यसको कुनै वास्ता नगरी आफ्नो काममा सधै तल्लिन भएर लाग्नु हुन्थियो l

कुष्ठरोगलाई समयमा सही उपचार नगरेको खण्डमा धेरै समस्याहरु आउछन् l यसमा  हात खुट्टा लाटो हुने,औलाहरु बाङ्गोटिंगो हुने,खुट्टा लत्रिने,आखा खुल्ला भैरहने, शरिरमा घाउहरु हुने त्यही घाउ भएको ठाउँबाट कुहिएर हात खुट्टाहरुका औँलाहरु झर्ने या काटेर फाल्नु पर्ने समेत पनि हुनसक्छ l  जस्ले गर्दा कुष्ठरोगीलाई समाजमा रहन ज्यादै गार्हो हुने गर्छ l त्यो समय अहिले जस्तो थिएन l समाजले तिरस्कार गर्दथ्यो l समाजमा रहन सक्ने अवस्था थिएन l उनीहरु लगायत परिवारलाई नै समाजमा घुलमिल हुन नदिई समाज निकाला गर्दथे  l

कसैले भने आफु बस्ने घर भन्दा टाडा जंगलको छेउमा, ओडार वा बाहिरतिर सानो छाप्रो बनाएर छुटै राखिदिने र पुरानो कुच्चेको सिलेटको थालमा टाडाबाट खाना फालेर दिने गर्दथे l

त्यो गार्हो समयमा उनीहरुको बिचमा काम गर्ने जोस र जागरका साथ नेपालमा आई काम गर्न सुरु गर्नु भयो l उहाँले आफुलाई एक जोशिलो र आटिलो महिलाको रुपमा  आफुलाई प्रस्तुत हुनु भयो l

जहाँ जाँदा पनि पहिरनमा सारी र ब्लाउजमा सजिनु हुन्थियो l सुरुका दिनमा कोदो,मकैको खाना, खरको घर र माटोको भुइँमा सुत्ने गर्नु हुन्थियोl पछि  बेलायतको नागरिकता त्यागी नेपाली नागरिकता लिनु भएको थियो l आफुलाई नेपाली हुन पाएकोमा गर्व गर्नु हुन्थ्याे ।

यदि अफिसको कुनै काम समयमा भएन भने आफै गाडी चलाएर बिभिन्न अफिसमा पुगेर  “ मेरो अफिसको काम किन भएन के कारणले रोकियो म पनि त नेपाली हो म महिला भनेर हेपेको हो ?“  उल्टो प्रश्न गर्दा अफिसका कर्मचारी दङ्ग पर्थे अनि उहाँहरुले  काम समयमा गर्ने गर्दथे l त्यो समयमा यसरी काम गर्ने महिला  औँलामा गन्ने हुन्थे l राष्ट्रिय अन्तरास्ट्रिय क्षेत्रबाट उँहाको कामलाई सम्मान गर्दै कदर प्रत्र र दोशल्ला ओडाई सम्मान प्रधान गरिएको थियो l

नेपालकी अनुराधा कोईराला बेचिएका छोरिचेलीलाई पुनर्स्थापना गरेर उनीहरुकी आमा बनेकी छन् भने आइलिन लज आफ्नो अन्तिम समय सम्म कुष्ठरोगीको उपचार र आत्मा सम्मानको लागी काम गरी आमा बन्नु भयो l

पछिका दिनमा उँहा व्हिलचियरमा हिडडुल गर्नुहुन्थियो र सबै संस्थाहरुको जिम्मेवारी समय समयमा नेपालीलाई दिदै आउनु भएको थियो l अहिले नेपालीबाट संचालन हुदै आइरहेका छन् l

यो रोग कुनै देवी देवताको श्रापले वा वंशाणुगत कारणले हुने होइन् l यो रोग   Mycobacterium leprae नामक किटाणुबाट लाग्ने गर्छ l

कुष्ठरोगको लक्षण र चिन्हहरु

१ शरिरमा लाटोफुस्रो वा रातो र पुर्णरुपमा स्पर्श शक्ति हराएको दाग आउनु l

२ स्नायु सुन्निएर सम्बन्धित स्नायुबाट संचालन हुने भागहरुमा स्पर्श शक्ति हराएमा वा मांसपेशी कमजोर भएमा l

३ ल्याबमा छालाको स्मेएर जांच गर्दा कुष्ठरोगको किटाणु देखिएमा l

यी माथि मध्यका एक वा एक भन्दा बढी चिन्ह देखिएमा वा शंका लागेमा अस्पतालमा सम्पर्क गरी कुष्ठरोगको चेक जांच गरी डाक्टरको सल्लाह अनुसार औषधि खानु पर्ने हुन्छ l  जुनसुकै सरकारी अस्पतालमा यसको सेवा उपलब्ध छ l

तपाईको शरीरमा कुनै नचिलाउने झमझम गर्ने ,लाटो दाग छ कि? आजै चेक जांच गर्नुस l यो रोग लागेका व्यक्तिसंग संगै बस्दा,खादा , हिड्दा ,हात मिलाउदा सर्दैन् l यो रोग हावाको माध्यम बाट कम सर्ने रोग हो l यसलाई निर्मुल पार्न हामी सबै मिलिजुली काम गरेमा अवश्य निर्मुल हुन्छ l

sitala pic suryakhabar

 

मिथिला  १०, लालगढ़ अस्पतालमा कार्यरत

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका