राजस्व छलेर भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान प्रहरीले लियो नियन्त्रणमा • Nepal's Trusted Digital Newspaperराजस्व छलेर भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान प्रहरीले लियो नियन्त्रणमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राजस्व छलेर भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान प्रहरीले लियो नियन्त्रणमा

राजस्व छलेर भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान प्रहरीले लियो नियन्त्रणमा

  • समाचारपाटी
  • बिहिबार, माघ १३, २०७८
राजस्व छलेर भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान प्रहरीले लियो नियन्त्रणमा

राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडिको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

चालकसहित  ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका