भारतमा प्रधानमन्त्री मोदीको टोपी चर्चा र चुनावी सम्बन्ध • Nepal's Trusted Digital Newspaperभारतमा प्रधानमन्त्री मोदीको टोपी चर्चा र चुनावी सम्बन्ध • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भारतमा प्रधानमन्त्री मोदीको टोपी चर्चा र चुनावी सम्बन्ध

भारतमा प्रधानमन्त्री मोदीको टोपी चर्चा र चुनावी सम्बन्ध

  • समाचारपाटी
  • बिहिबार, माघ १३, २०७८
भारतमा प्रधानमन्त्री मोदीको टोपी चर्चा र चुनावी सम्बन्ध

भारतले बुधबार आफ्नो ७३औँ गणतन्त्र दिवस मनाएको छ । सन् १९५० जनवरी २६ मा भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भंग गरी गणतन्त्र स्थापना गरेको थियो । सोही दिन गणतन्त्र भारतका पहिलो राष्ट्रपति राजेन्द्र प्रसादले सपथ ग्रहण गरेका थिए । त्यसको तीन वर्षअघि नै भारत स्वतन्त्र बनेको थियो ।

यसैबीच, ७३औँ गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको टोपीको चर्चा भएको छ । यसपटक प्रधानमन्त्रीले लगाएको टोपीको सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ ।

प्रधानमन्त्रीले लगाएको टोपी उत्तराखण्डको भएको धेरैले पुष्टि गरेका छन् । मानिसहरू यसलाई ब्रह्मकमल टोपी पनि भन्छन् । ब्रह्मकमल उत्तराखण्डको राजकीय फूल हो ।

उत्तराखण्डमा विधानसभा चुनाव पनि हुँदैछ ।  रक्षा राज्यमन्त्री अजय भट्टले पनि उही टोपी लगाएका थिए । उनी उत्तराखण्डको नैनीतालको लोकसभा सांसद हुन् ।

प्रधानमन्त्री मोदी यसपटकको गणतन्त्र दिवसमा सेतो कुर्ता, ज्याकेट र उत्तराखण्डी टोपी र मणिपुरी स्टोलमा देखिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले ट्वीट गर्दै आफ्नो प्रदेशको विरासत अपनाएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् ।

मणिपुरमा पनि आगामी फेब्रुअरीमा चुनाव हुँदैछ ।

यस्तै, मणिपुरका मन्त्री विश्वजीत सिंहले ७३ औँ गणतन्त्र दिवसको अवसरमा मणिपुरी स्टोल ‘लीरम फी’ लगाएर आफूहरूको गौरव बढाएको बताएका छन् ।

भारतमा प्रधानमन्त्री मोदीको पहिरनको बारेमा चर्चा हुने गरेको छ ।

सन् १९५० देखि भारतले प्रत्येक वर्ष ज्यानुअरी २६ मा गणतन्त्र दिवस मनाउँदै आएको छ । यस अवसरमा सैन्य शक्ति एवं सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्दै आएको छ ।

भारत सन् १९४७ अगस्ट १५ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको थियो भने सन् १९५० ज्यानुअरी २६ देखि उसको आफ्नै संविधान लागू भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका