प्रदेश १ मा थप १ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा ६-६, तेह्रथुममा ३, पाँचथरमा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार १८५ पुगेको छ ।