पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीबाट प्रवाह हुने सबै सेवाहरु स्थगन भएको छ ।
प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले एक सुचना जारी गरि कार्यालयका केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले सेवा स्थगन गर्नुपरेको उल्लेख छ ।
माघको ११ गतेबाट माघको १७ गतेसम्म कार्यलयबाट प्रवाह गरिने सम्पुर्ण सेवाहरु स्थगन गरिएको अधिकृत पौडेलले जारी गरेको सुचनामा उल्लेख छ ।