पोखरा । पोखरा १२ को विकास तथा यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थालाई सुझाव तथा सल्लाह दिने उद्देश्यले पुरानोधारादेखि गुम्बाफेदीसम्म बसोबास गर्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुको भेलाले विनोदबहादुर कार्कीको अध्यक्षतामा शीतलादेवी– माटेपानी सामाजिक संस्था गठन गरेको छ ।
संस्थाको तदर्थ समितिको प्रथम उपाध्यक्ष राम गुरुङ, द्वितीय उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव मनोहरि पौडेल, सहसचिव हरि न्यौपाने, कोषाध्यक्ष जीत अस्लामी मगर छन् । सदस्यहरु खिलनाथ सुवेदी, हरिकुमार राजभण्डारी, टेक राना, शिवप्रसाद कोइराला र युवक थापा छन् । संस्थाको सल्लाहकारमा लालमोहन गुरुङ र विष्णुकुमार श्रेष्ठ चयन भए ।
भेलामा संस्थाका अध्यक्ष विनोदबहादुर कार्कीले पोखरा १२ को विकास निर्माणलगायत विभिन्न सामाजिक कामहरूमा संस्थाको साथ र सहयोग रहने बताए ।
भेलामा संस्थाका सल्लाहकार विष्णुकुमार श्रेष्ठ, लालमोहन गुरुङ शीतलज्योति क्लबका उपाध्यक्ष मीन गुरुङ तथा संस्थाका प्रथम उपाध्यक्ष राम गुरुङ, द्वितीय उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव मनोहरि पौडेल, कोषाध्यक्ष जीत अश्लामी सदस्यहरु हरिकुमार राजभण्डारी, शिवप्रसाद कोइराला खिलनाथ सुवेदी, टेक राना, युवक थापा लगायतले बोलेका थिए ।