सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख • Nepal's Trusted Digital Newspaperसिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख

सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख

  • समाचारपाटी
  • मङ्लबार, माघ ११, २०७८
सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख

 

पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो हुँदै छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगर : सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको हो ।

डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विजेताले नगद पुरस्कार २५ लाखसहित कार र एक गीति एल्बम रेकर्डको मौका पाउनेछन् । ‘नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन्’, उनले भने ।

आगामी नयाँवर्षको अवसर पारेर वैशाखबाट सुरु हुने नेपाल नेटवर्क टेलिभिजनमा यो शो प्रसारणमा आउनेछ । फ्रेन्चाइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका