शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप कार्यक्रम पुन: सुरु हुने भएको छ । काठमाडौं महानगरपालिका र रेडक्रसले जनशक्ति उपलब्ध गराउने भएपछि खोप कार्यक्रम मंगलबारदेखि नियमित सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि एक साताका लागि खोप कार्यक्रम स्थगित गरिएको थियो ।