शौचालय जाँदा लडेर घाइते भएका थुनुवाको मृत्यु • Nepal's Trusted Digital Newspaperशौचालय जाँदा लडेर घाइते भएका थुनुवाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शौचालय जाँदा लडेर घाइते भएका थुनुवाको मृत्यु

शौचालय जाँदा लडेर घाइते भएका थुनुवाको मृत्यु

  • समाचारपाटी
  • सोमवार, माघ १०, २०७८
शौचालय जाँदा लडेर घाइते भएका  थुनुवाको मृत्यु

मकवानपुरको भीमफेदी कारागारमा शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थुनुवाको मृत्यु भएको छ ।

डेढ वर्षदेखि लागुऔषध मुद्दामा थुनुवा जीवन बिताइरहेका बारा महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरका ३८ वर्षीय अजयप्रसाद जैसवाल सोमबार बिहान लडेर गम्भीर घाइते भएका थिए । घाइते जैसवालको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कारागार कारागार प्रमुख मदन लामाले जानकारी दिए ।

‘थुनुवा जैसवाल बिहान शौचालाय जाने क्रममा लडेर घाइते भएका थिए । उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन् । बाराबाट उनको परिवार आएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्,’ लामाले भने ।

बारा जिल्ला अदालतले २०७७ भदौमा लागुऔषध गाँजा ओसारपसारको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न अनुमति दिएपछि जैसवाललाई भीमफेदी कारागार चलान गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका