साढे दुई हजार जना निको भए संक्रमित • Nepal's Trusted Digital Newspaperसाढे दुई हजार जना निको भए संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • साढे दुई हजार जना निको भए संक्रमित

साढे दुई हजार जना निको भए संक्रमित

  • समाचारपाटी
  • सोमवार, माघ १०, २०७८
साढे दुई हजार जना निको भए संक्रमित

नेपालमा सोमबार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १६ हजार ६५४ पीसीआर परीक्षणका क्रममा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टिजेन परीक्षणका क्रममा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५९ पुगेको छ ।

त्यस्तै थप २ हजार ५ सय ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २४ हजार २ सय ३९ संक्रमित निको भएका छन् । हाल नेपालमा ८२ हजार ५ सय ५० सक्रिय संक्रमित आइसोलेसन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका