जीवनको मुख्य लक्ष्य खुसी हुनु हो ? • Nepal's Trusted Digital Newspaperजीवनको मुख्य लक्ष्य खुसी हुनु हो ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जीवनको मुख्य लक्ष्य खुसी हुनु हो ?

जीवनको मुख्य लक्ष्य खुसी हुनु हो ?

  • समाचारपाटी
  • सोमवार, माघ १०, २०७८
जीवनको मुख्य लक्ष्य खुसी हुनु हो ?

 

जीवनको मुख्य लक्ष्य खुसीको खोजी हो वा यो केवल भ्रम हो भन्ने विषयमा मनोविज्ञ एड्गा कबानासलाई यो प्रश्न सोध्यो भने उनी खुसी हुने विषय “उपभोक्ता उद्पादन” वा “व्यापार” जस्तै “स्वार्थी” विचार भएको बताउँछन् ।

समाजशास्त्री एभा इलुझेसँगै “Happycracy: How Science and the Happiness Industry Control Our Lives” नामक पुस्तकका कबानास सहलेखक हुन् । लाखौँ डलरको “खुसी उद्योग“ ले प्रवर्द्धन गर्ने थुप्रै उपायलाई उनीहरूले चुनौती दिएका छन् । ती उपायमा खुसी केवल मानिसहरूका सामु उपलब्ध विकल्पको चयन मात्रै भएको पनि सुझाव उनीहरूको छ ।
बरू उनीहरू “तपाईँ साँच्चै चाहनुहुन्छ भने तपाईँले पाउन सक्नुहुन्छ” भन्ने जस्ता उक्तिले मानिसलाई हिनतावोध गराउन सक्ने वा आफूले चाहे अनुसार काम नबन्दा त्यसले दिक्क गराउनसक्ने बताउँछन् ।

खुसी हुनेबारेको कथनको एउटा मुख्य समस्या भनेको यो झण्डै एउटा लत जस्तै गरी एउटा अभिलाषा बनेको छ। राम्रो र पूर्ण जीवनका लागि भन्दै गुरुले गराउने बाचा, विभिन्न पुस्तकहरू, प्रशिक्षक्षणहरूले यस्तो अभिलाषाका लागि प्रभाव पारिरहेका हुन्छन् । यस्ता बाचा चतु¥याइँपूर्ण हुन्छन् किनभने यस्तो खालको खुसी कहिल्यै हुँदैन। यो कहिल्यै नसकिने प्रक्रिया भएका कारण यो लक्ष्य कहिल्यै हासिल हुँदैन । हामी यस्को चंगुलमा फस्छौँ र यस्ता विषयको लतमा पर्छौँ । उदाहरणका लागि खुसी मद्दत गर्ने दाबी भएको किताब कुनै व्यक्तिले केवल एउटा मात्रै किन्दैन । त्यस्ता अरू थुप्रै किताब पनि उसले किन्छ। यदि ती किताबले दाबी गरेजस्तै खुसी हुने मन्त्र ती किताबमा हुने भए एउटै काफी हुनुपर्थ्यो, होइन? तर त्यस्तो हुँदैन ।

हामी यस्तो फन्दाबाट बाहिरिनुपर्छ । यो एउटा भ्रमपूर्ण चंगुल हो भन्ने कुरामा हामी सचेत हुनुपर्छ । नकारात्मक तरिकाले प्रभाव पार्छ । खुसी हुने कुरा स्वयंमा भरपर्छ र पूर्ण अनि राम्रो जीवनका लागि चाहिने ‘आफू’ हो भन्ने विषय सुन्न आकर्षक भए पनि खास त्यो होइन । खुसी सम्बन्धमा कायम समकालीन धारणामा हाम्रो परिस्थितिको भूमिकालाई कम आँकिएको छ । वैज्ञानिक आधार नभए पनि एउटा चर्चित मिथक के छ भने खुसी ५०% वंशमा ४०% इच्छाशक्तिमा र जम्मा ४०% परिस्थितिमा भरपर्छ । अर्को शब्दमा भन्दा खुसी ९० प्रतिशत हामीमै भरपर्ने भनेर व्याख्या गरिएको छ। आम्दानी, सामाजिक हैसियत, सांस्कृतिक मान्यता, परिवार र हामीलाई प्राप्त हुने सहयोगजस्ता हाम्रो वास्ताविक जीवनका परिस्थितिसँग भरपर्ने विषयचाहिँ कसरी खुसीको १० प्रतिशतमात्रै कारक भयो भन्ने विषयले जिज्ञाशु बनाउँछ ।

तुलनात्मक रुपमा हालै मात्रै हो । अमेरिकामा खुसी हुनेबारेका प्रवचन र ‘आफूलाई मद्दत गर्ने’ सेल्फ हेल्प भन्ने साहित्य सन् १९५० र ६० को दशकमा देखापरेको हो र त्यसयता यो सँस्कृति बढ्दो छ । अमेरिकाबाहिर भने सन् २००० यता यो एकदमै वृद्धि भएको हो जब तथाकथित ‘सकारात्मक मनोविज्ञान’ को अवधारणा स्थापित भयो । यो बजारलाई कुनै पनि सङ्कटले असर गरेको छैन। सन् २००८ मा देखिएको आर्थिक सङ्कटले यसलाई झन् मलजल ग¥यो। खुसी हुनेबारे सामजिक सञ्जाल, सञ्चार माध्यम र स्वास्थ्य पत्रिकाहरूमा यसबारेका समाचार र सुझाव झन् धेरै र बारम्बार देखापर्न थाल्यो । यदि खुसी हुने विषय पूर्ण रुपमा स्वयं व्यक्तिमा भर पर्छ भने खुसीबारे प्रवचन दिने गुरुले खुसी हुन तपाईँलाई के चाहिन्छ भन्ने कसरी थाहा पाउँछ? र यदि यो व्यक्तिगत कुरा होइन भने खुसी व्यक्ति स्वयंको विषय हो भन्ने अवधारणाविरुद्ध जान्छ । यसको पछाडि तथाकथित “नकारात्मक“ भावनाको विषय जोडिएको छ र त्यो केवल नराम्रो धब्बा हो। भावना भनेको कहिल्यै पनि नकारात्मक वा सकारात्मक हुँदैन तर त्यसको नकारात्मकता वा सकारात्मकता अवस्था र त्यसको तत्कालीन क्षणसँग सम्बन्धित हुन्छ ।

उदाहरणका लागि हामी चिन्ता अनुभव गर्छौँ र त्यसले पीडा दिनसक्छ । तर केही चिन्ता भने राम्रा पनि हुनसक्छन्ः परीक्षा वा दौडको अगाडि लाग्ने चिन्ताको भूमिका राम्रो हुन्छ । आक्रोशलाई नकारात्मक भावना भनिन्छ। आक्रोशले हिंसात्मक कदम चाल्ने वा दुर्व्यवहार गराउने भयो भने त्यो पक्कै पनि नकारात्मक हुन्छ । तर यदि यसले हामीलाई नराम्रो कुरा परिवर्तन गराउन वा अन्यायविरुद्ध लड्न प्रेरित गर्छ भने यो सकारात्मक हो । जीवनबारे सकारात्मक धारणा राख्नु सधैँ राम्रो हो भन्ने तपाईँलाई लाग्न सक्छ तर त्यो मात्र नै हो भन्ने आवश्यक छैन । बेलाबेला आशावादी हुँदा त्यसले सीमित अपेक्षा राख्न मद्दत गर्छ र त्यसले हामीलाई प्रेरित गर्छ । तर अन्य समयमा भने यसले हामीलाई हाम्रै क्षमतबारे पनि गलत बताइरहेको हुन्छ । त्यसले हामीले तय गरेका काम हासिल गर्न हामीलाई विफल तुल्याउँछ । हामी हाम्रै सम्भावनाबारे गलत मुल्याङ्कन गर्छौँ । दुःखी हुन मन लाग्दैन तर यसको अर्थ कुनै कुरामा दुःख लागेको प्रतिक्रिया गलत पनि होइन । कुनै कुरा गुमाएको छ भने कसरी दुःखी नहुन सकिन्छ ? दुःखी हुँदा नराम्रो महसुस हुनु चाहिँ अस्वस्थ हो किनभने तपाईँ दुईवटा कुराको सजाय पाइरहनुभएको हुन्छ । हामीलाई ‘हाइपोक्रोन्ड्रियाक’को विषयमा थाहा छ। कुनै पनि मानिसलाई कुनै रोग नभए पनि आफू रोगी छु कि भन्ने लागिरहन्छ त्यस्तो व्यवहार भएका मानिसलाई हाइपोकोन्ड्रियाक भनिन्छ ।

‘हाइपोकोन्ड्रियाक’जस्तै ’ह्याप्पीकोन्ड्रियाक’ हुने मानिसलाई पनि आफू खुसी नहुँदा केही खराबी छ कि भन्ने लाग्छ । उनीहरू आफ्नो पूरा सम्भावना विकासित नभएको ठान्छन् । ह्याप्पीकोन्ड्रियाकहरू ठिकै भए पनि खराब अनुभव गर्ने लत नै लागेको जसरी व्यवहार गर्ने हुन्छन् । यो अवधारणामा केही खोट छः तपाईँले नराम्रो अनुभव गरिरहेको बेला यसले ठीक पार्ने होइन कि राम्रो अनुभव गरिरहेको बेला पनि अझै राम्रो गराउने हो। “अझै राम्रो“ भन्ने अवस्थाको खोजीको कहिल्यै अन्त्य हुँदैन । हामी कहिले खुसी हुन्छौँ? यो यस्तो विषय हो जसबारे हामीलाई कहिल्यै भनिएको छैन । कसैले पनि हामीलाई भन्दैनः “तिमी खुसी भइसक्यौ, अब धेरै नहोऊ ।”

हामीलाई के भनिएको छ भने हामी कहिल्यै पनि पूर्ण रुपमा खुसी हुन सक्दैनौँ र यदि छौँ भने पनि हामी यसबारे निरन्तर रुपमा सचेत हुनुपर्छ । यदि भएनौँ भने हामीले खुसीबारे हासिल गरेका सबै कुरा गुमाउन सक्छौँ । यसबारेको तर्क उपभोक्ताले उपयोग गर्ने सामान जस्तै होः यदि तपाईँले मोबाइल फोन वा सफ्टवेयर किन्नुभयो भने तपाईँले त्यसको उत्कृष्ट संस्करण कहिल्यै पनि पाउनुहुन्न किनभने त्योभन्दा अर्को संस्करण त आउने क्रममा भइरहन्छ । मलाई त्यस्तै लाग्छ । हामी जब ख्याल गर्नेबारे कुरा गर्छौँ त्यो व्यक्तिबारे हुन्छ । आफ्नो ख्याल गर्नुस् । तपाईँको उद्धार कसैले गर्दैन । आफ्ना लागि जेठ ठीक हुन्छ त्यही गर्नुस् । आफ्नो स्वास्थ्यको ख्याल राख्नुस् । यी भनेका भ्रम हुन् किनभने हामीले के देखेका छौँ भने सामुहिक स्वास्थ्यभन्दा कुनै व्यक्तिको स्वास्थ्य महत्त्वपूर्ण हुँदैन । हामीले कोरोनाभाइरससँगै यो देख्यौँ । तपाईँले चाहे अनुसार आफ्नो ख्याल गर्नसक्नुहुन्छ तर सबै स्वस्थ छन् भन्ने कुराले अर्थ राख्छ । नभए त आफ्नोमात्रै चिन्ता गर्नुको कुनै तुक छैन ।

खुसी हुनेबारे पनि केही यस्तै होः कसैले आफ्नोबारे चिन्ता गर्नसक्छ तर सँगै उसले आफ्नो वरपर ठिक नभए आफू पनि ठिक हुन नसकेको महसुस गर्छ। हामी सामाजिक प्राणी भएका कारण यसो हुन्छ । हामीलाई यो विषय मन परे पनि नपरे पनि हामी अरूहरूमा निर्भर हुन्छौँ । यदि सामाजिक कल्याण छैन भने त्यहाँ व्यक्तिको कल्याण पनि हुँदैन ।

हामीलाई अचेल भनिएको खालको खुसीको खोजीमा कुनै औचित्य छैन । खुसी हुनेबारेको अवस्था पुष्टि गर्ने रोचक अध्ययनहरू भएका छन्ः मानिस जति बढी खुसी हुन खोज्छ, त्यति नै उसले आफ्नो खुसीमा असर पु¥याउँछ ।

तपाईँ पार्टीमा जाँदा रमाइलो हुन्छ भन्ने विचारले जानुहुन्छ तर त्यहाँ सोचेजस्तो केही भएन भने नरमाइलो भएको जस्तै हो । तपाईँले पहिला नै यसो भयो भने खुसी हुन्छु भन्ने विचार गरेकोले तपाईँले त्यति रमाइलो मान्नुहुन्न ।

खुसीबारेका एक ठूला पैरवीकर्ता जोन स्टुवार्ट मिलले जीवनको अन्त्यमा खुसीलाई नै जीवनको मुख्य लक्ष्य बनाउनु श्रेयस्कर नहुने बताएका छन् । खुसी के हो भन्ने हामीलाई थाहा नभएको र त्यसको खोजी कहाँ गर्ने भन्ने पनि हामीलाई थाहा नभएको भन्दै उनले यस्तो बताएका हुन्। खुसी पाउन हामी जति धेरै कोसिस गर्छौँ हामी त्यति नै यसको खोजीमा हताश हुन्छौँ ।

“म खुसी हुनेछु” भन्नुको सट्टा उनीहरूले “म कसैलाई खुसी बनाउँछु” भन्नुपर्छ । यो भनेको आफूमा नभइ अरूमा केन्द्रित हुनुपर्छ भन्ने हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका