प्रेमिकाको आमालाई किड्नी दिए, महिना नबित्दै प्रेमिका फरार • Nepal's Trusted Digital Newspaperप्रेमिकाको आमालाई किड्नी दिए, महिना नबित्दै प्रेमिका फरार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रेमिकाको आमालाई किड्नी दिए, महिना नबित्दै प्रेमिका फरार

प्रेमिकाको आमालाई किड्नी दिए, महिना नबित्दै प्रेमिका फरार

  • समाचारपाटी
  • सोमवार, माघ १०, २०७८
प्रेमिकाको आमालाई किड्नी दिए, महिना नबित्दै प्रेमिका फरार

 

एक प्रेमीले प्रेमिकाकी आमालाई मृगौला दान गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन् । धोका यहाँसम्म कि ती युवतीले आफ्नी आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् ।

घटना मेक्सिकोको हो । ती प्रेमी ९युवक० मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा गरेका छन् । उनले भोगेको यो घटनाबारे बेलायती पत्रिका द सनले पनि स्टोरी छापेको छ ।

युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’

उनले सोफामा सुतिरहेको बेला निराश हुँदै आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६।६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका