रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित • Nepal's Trusted Digital Newspaperरियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित

रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित

  • समाचारपाटी
  • सोमवार, माघ १०, २०७८
रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित

बार्सिलोना : इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हार टारेको छ ।

आइतबार राति घरेलु मैदानमा रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हाे ।

इल्चेबिरुद्ध २-० ले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो । इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १-१ गोल गरे ।

रियलका लागि लुका मोड्रिक र इडरले १-१ गोल गरे । बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर  शीर्ष स्थानमा यथावत  छ । इल्चे २३ अंक जोडेर १५औँ स्थानमा  छ ।

राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई  १-० अन्तरले पराजित गर्‍याे । भ्रमणकारी टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७ मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे ।

जितपछि बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ  ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका