पीएसजीमा रामोसको पहिलो गोल • Nepal's Trusted Digital Newspaperपीएसजीमा रामोसको पहिलो गोल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पीएसजीमा रामोसको पहिलो गोल

पीएसजीमा रामोसको पहिलो गोल

  • समाचारपाटी
  • सोमवार, माघ १०, २०७८
पीएसजीमा रामोसको पहिलो गोल

डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् ।  आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् ।

पीएसजीको जितमा  मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे ।

स्पेनिस डिफेन्डर यसै सिजन रियम मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरिका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् ।

जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका