नेपालमा बसेर समुन्द्रपारि जुवाको व्यापार • Nepal's Trusted Digital Newspaperनेपालमा बसेर समुन्द्रपारि जुवाको व्यापार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालमा बसेर समुन्द्रपारि जुवाको व्यापार

नेपालमा बसेर समुन्द्रपारि जुवाको व्यापार

  • समाचारपाटी
  • आइतवार, माघ ९, २०७८
नेपालमा बसेर समुन्द्रपारि जुवाको व्यापार

 

 

नेपाल प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा अनलाइन जुवा खेलिरहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइन जुवा खेल्ने अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोभारका सुजेन्द्र थापा, मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, प्रदीपमानसिंह बस्नेत र कीर्तिपुरकी रमादेवी श्रेष्ठ रहेकी छन् ।

पक्राउ परेकाहरुबाट प्रहरीले १७ थान मोवाइल फोन, १४ थान ल्यापटप र अपराधमा प्रयोग हुने अन्य उपकरण बरामद गरेको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

महाशाखाका अनुसार पक्राउ परेका व्यक्तिहरू मध्ये सुरेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन व्यवस्था मिलाएका थिए । यसको लागि उनीहरूले कीर्तिपुरमा तीन वटा घर भाडामा लिएका थिए । तीन वटा घरमा २४ सै घण्टा अनलाइन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरू समेत राखिएको थियो ।

कर्मचारीहरूले फेसबुकमार्फत अमेरिकी तथा युरोपेली नागरिकहरूलाई साथी बनाई जुवा, फायर काइरिङ, रिभर स्वीप्स, रिभर मोन्सटर, भेगस–एक्स लगायतका अनलाइन जुवा खेल्ने लिंक सेयर गरी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको पुरस्कार दिने गरेका थिए । उनीहरूले १० महिनादेखि अनलाइन जुवा खेलाइरहेको प्रहरीले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका