के फेरि मिल्दैछन् सामन्था र नागा ? • Nepal's Trusted Digital Newspaperके फेरि मिल्दैछन् सामन्था र नागा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • के फेरि मिल्दैछन् सामन्था र नागा ?

के फेरि मिल्दैछन् सामन्था र नागा ?

  • समाचारपाटी
  • आइतवार, माघ ९, २०७८
के फेरि मिल्दैछन् सामन्था र नागा ?

दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो ।

जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन् । उनले पोस्ट हटाउनासाथ कतै उनीहरु फेरि मिल्न त लागेका होइनन् भन्ने अड्कलबाजी गरिएको छ । फ्यानहरुले जोडी आफ्नो मतभेदलाई भुलेर पुनः नयाँ जीवन सुरु गर्न लागेको अनुमान लगाएका छन् ।

 

सामन्थाले पोस्ट डिलिट गरेपछि कुनै प्रतिक्रिया दिएकी छैनन् । यो जोडी विवाहको चार वर्षपछि अलग्गिएका हुन् । अलग्गिएपछि सामन्थाले आफ्नो एकाउण्टबाट केही पोष्ट हटाइरहेकी थिइन् । त्यही बेला उनीहरुको संयुक्त विज्ञप्ती पनि हटेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका