चीनले दिएको २० लाख सिरिन्ज आइपुग्यो • Nepal's Trusted Digital Newspaperचीनले दिएको २० लाख सिरिन्ज आइपुग्यो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चीनले दिएको २० लाख सिरिन्ज आइपुग्यो

चीनले दिएको २० लाख सिरिन्ज आइपुग्यो

  • समाचारपाटी
  • शनिबार, माघ ८, २०७८
चीनले दिएको २० लाख सिरिन्ज आइपुग्यो

चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ । आज आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूताबासले जनाएको छ ।

महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूताबासले जनाएको छ ।

यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका