एकैदिन १०,२५४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperएकैदिन १०,२५४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एकैदिन १०,२५४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु

एकैदिन १०,२५४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु

  • समाचारपाटी
  • शनिबार, माघ ८, २०७८
एकैदिन १०,२५४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १० हजार २५४ जनाको नतिजा पोजिटिभ आएको हो । १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार २१२ र पाँच हजार ७२५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार ४२ जनामा संक्रमण देखिएको हो ।

 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७०८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख २० हजार २८३ पुगेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका