मोबाइल पसलमा चाेरी गर्ने दुई प्रहरी निलम्बित • Nepal's Trusted Digital Newspaperमोबाइल पसलमा चाेरी गर्ने दुई प्रहरी निलम्बित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मोबाइल पसलमा चाेरी गर्ने दुई प्रहरी निलम्बित

मोबाइल पसलमा चाेरी गर्ने दुई प्रहरी निलम्बित

  • समाचारपाटी
  • शनिबार, माघ ८, २०७८
मोबाइल पसलमा चाेरी गर्ने दुई प्रहरी निलम्बित

कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गरेको आरोप लागेका दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतसिंह बुढा निलम्बनमा परेका कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरूविरुद्ध चोरीको मुद्दा दर्ता भएर पाँच दिनको म्याद थप गरिएको उनले बताए । मुद्दाको अन्तिम फैसला नहुँदा सम्मको लागि निलम्बन गरिएको जोशीले बताए ।

मोबाइल ग्यालरीमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोली मध्येका एक प्रहरीले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

चाेरी गरिरहेकाे भिडियोसहित नै निवेदन आएपछि उनीहरूलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका