यातायात कार्यालयले गर्‍यो सेवा स्थगित, ट्रायल दिन पाइन्छ ? • Nepal's Trusted Digital Newspaperयातायात कार्यालयले गर्‍यो सेवा स्थगित, ट्रायल दिन पाइन्छ ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यातायात कार्यालयले गर्‍यो सेवा स्थगित, ट्रायल दिन पाइन्छ ?

यातायात कार्यालयले गर्‍यो सेवा स्थगित, ट्रायल दिन पाइन्छ ?

  • समाचारपाटी
  • शनिबार, माघ ८, २०७८
यातायात कार्यालयले गर्‍यो सेवा स्थगित, ट्रायल दिन पाइन्छ ?

यातायात व्यवस्था कार्यालयले कोरोना महामारीको तेस्रो लहरका कारण आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ । आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले सेवा स्थगित गरेको हो ।

कार्यालयकी प्रवक्ता सुनिता भट्टराईले अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको जानकारी दिइन् । यसका लागी कार्यालयले दैनिक एक सय वटा टोकन व्यवस्था सुचारु गर्ने छ ।

यसअघि, करिब एक वर्षपछि यही भदौको अन्तिमदेखि लाइसेन्सको प्रयोगात्मक परीक्षा सुरु भएको थियो । यस्तै, वैशाखदेखि बन्द भएको लाइसेन्सको नयाँ आवेदन असोज महिनादेखि लाइसेन्सको खुलाइएको थियो । हाल देशभर करिब ७ लाख आवेदक ट्रायलको प्रतीक्षामा छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका